पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

म्यानमार भित्र नै विस्थापित रोहिङ्गाको लागि सरकारी सहयोग, बङ्गलादेश पुग्नेको सङ्ख्या करिब ३ लाख 

radionepal

म्यानमार, २४ भाद्र २०७४। राखिन रज्यभित्र नै विस्थापित भएका रोहिङ्गा मुस्लिम समूदायलाई म्यानमार सरकारले सहयोगको बन्दोबस्त गर्न लागेको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले शनिबार जानकारी दिएको छ । 

म्यानमारको राखिन राज्यमा जारी हिंसाको १६ औ दिनमा आज पहिलो पटक केही मानवीय सहयोग गर्न लागेको सरकारको तर्फबाट जानकारी आएको छ । 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समूदायमाथि भएको यस आक्रमणको कारण दशौ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन । विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, शरणार्थी स्थल र औषधी उपचार विना नै बसेका छन । 

बङ्गलादेशले म्यानमार सरकारलाई देशभित्र नै विस्थापित भएका रोहिङ्गाहरुलाई सुरक्षित स्थानको प्रवन्ध गर्न लागि आग्रह गरेको छ । 

यद्यपी रोहिङ्गा आतङ्ककारीहरुको आक्रमणको कारण विस्थापित भएका करिब २७ हजार बौद्धधर्मावलम्बी र हिन्दु नागरिकहरु विद्यालय र आश्रमहरुमा सरकारको सहयोगका बसोवास गर्दै आएका छन । 

गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा सुरु भएको हिंसाको कारण म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या करिब तीन लाख पुगेको छ । 

शनिबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या करिब १ लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेका हुन । 

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण बङ्गलादेशको शरणमा पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या २ लाख ९० पुगेका संयुक्त राष्ट्र संघको शरणार्थी निकायका प्रवक्ता जोसेफ ट्रिपुराले जानकारी दिनु भएको छ । 

छिमेकमा पर्ने यस राष्ट्र बङ्गलादेशमा म्यानमारका नागरिक जाने क्रम जारी रहेको छ । म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन । 

राष्ट्रसंघले गत हप्ता दिएको जानकारी अनुसार बङ्गलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त सङ्ख्या बढेर शनिबारसम्म करिब तीन लाख पुगेको हो । 

म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका छन् । उनीहरु दिनहूँ त्यसतर्फ जाने गरेका छन् । 

यो सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाएको छ । संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुले भने त्यो सङ्ख्या अझै धेरै हुनसक्ने बताएका छन् । 

राखिन राज्यमा हिंसा मच्चिएको बताइएको छ । सोही कारणले म्यानमाली भाग्नुपरेको उनीहरुको दाबी छ । तर पनि म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । 

गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ । 

म्यानमारबाट भागेर आएका व्यक्तिले बङ्गलादेशको शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ । 

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ ।