पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बडादशैँको टिकाको साइत ११ बजेर ५५ मिनेटमा 

radionepal

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको टिका ११ बजेर ५५ मिनेटपछि लगाउनु उत्तम रहेको जनाएको छ । 

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको र सोही दिन मध्यान्न ११ बजेर ५५ मिनेटपछि टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो । 

पञ्चांग निर्णायक समितिले असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको जनाएको छ ।