पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

योगमाया सम्मान मिठाईदेवीलाई 

काठमाडौ, २१ भदौँ । नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’’ विसं २०७३ मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ । 

नेपाली साहित्य, पत्रकारिता, दलित महिला र समग्र दलित हकहितको लागि सक्रिय भई सामाजिक सेवामार्फत समाज रुपान्तरणमा पुर्याउँदै आउनु भएको योगदानका निमित्त विश्वकर्मालाई समाजले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।