पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चक्रपथ वरपरका भएका घरटहरा हटाउने कार्य शुरु 

काठमाडौँ, १७ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । 

महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका घरटहरा हटाएको हो । 

साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ ।