पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आवासीय क्षेत्रमा भएको आक्रमणमा तेह्र सवसाधारण मारिए

 

मैमाना (अफगानिस्तान), २८ साउन । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणहरुमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ । 
आवासीय इलाकालक्षित दुई वटा यस प्रकारको आक्रमणमा परी अन्य तीन जना व्यक्ति घाइते भएका अधिकारीहरुले जनाएका छन । उत्तरी फार्याब प्रान्तको दवलाताबाद जिल्लामा पर्ने टोर्त आताइ गाँउमा भएको यस आक्रमण परी निर्दोष १३ सर्वसाधारण नागरिकको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन । 
आतङ्ककारीहरुले गत शुक्रबार रातीे मोटार्स जडान गरिएको दुई धराप आक्रमण गरेका थिए । स्थानीय गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन । 
तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिले सम्म पनि उनीहरुले पनि भन्न सकेका छैनन । सरकारी अधिकारीहरुले पनि घटनामा संलग्न समूहको पुष्टी गर्न सकेको छैनन । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको भने बताएका छन् । गत एक दशक देखि फार्याब प्रान्तको राजधानी मैमाना तालिवान लडाकूहरुको बलियो प्रभावमा रहेको छ ।