पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कार्यकर्ताको हत्या भएकामा क्रान्तिकारीको आपत्ति

 

काठमाडौँ, २८ साउन । अनेरास्ववियु (क्रान्तिकारी)ले सिद्धनाथ क्याम्पस कञ्चनपुरका नेता डम्बर जाग्रीको आज बिहान घाँटी रेटी हत्या गरिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । 

अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले आज विज्ञप्तिमार्फत क्याम्पस हाताभित्रै रहेको छात्राबासमा रहस्यमय तवरले हत्या भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ । क्रान्तिकारीले दोषीमाथि कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत आग्रह गरेको छ । 


राहत तथा उद्धारमा खट्न निर्देशन 

यसैबीच मुलुकभरको अबिरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै राहत तथा उद्धार कार्यमा खट्न संगठनका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । 

क्रान्तिकारीले नागरिकको उद्धार तथा हराइरहेका नागरिकको खोजबिनका लागि आ– आफ्नो स्थानबाट खट्न आग्रह गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।