पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साताको शेयर कारोबारमा ११.५२ अंकको कमी

काठमाडौं, २८ साउन । यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर अन्तिम दिन १६५३.५३ अंकमा पुगेको छ । यो साता स्टकको कारोबार रकम पनि गत साताको भन्दा २७.३० प्रतिशत घटेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३४ हजार ७ सय ७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु किनबेच भएका छन् । 

यसैगरी यो साता समूहगत परिसूचक तर्फ वित्त, होटेल र अन्य समूह बाहेकका अरु सबै समूहको परिसूचक घटेको छ । 

यो साता कारोबार रकमको आधारमा नागरिक लगानी कोष, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र कारोबार संख्याको आधारमा नेपाल लाएफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेका छन् ।