पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

औैद्योगिक व्यवस्थापनका लागि सहयोग गर्न समन्वय समिति गठन

रुपन्देही, २८ साउन । रुपन्देहीका उद्योगसँग सम्बन्धित संघ संस्थाहरुले मोतिपुरमा औैद्योगिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सहयोग गर्न समन्वय समिति गठन गरेका छन ।

औद्योगिक क्षेत्र स्थापनामा आइपर्ने समस्या समाधान र सरोकारवाला निकायसँग समन्वय गर्न बुटवल उद्योग वाणिजय संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले मोतिपपुर औद्योगिक क्षेत्रको बिस्तृत अध्ययन प्रतिबेदन (डिपीआर) सम्वन्धमा निजी क्षेत्रसँगको छलफल कार्यक्रमका सहभागी त्यस क्षेत्रका औद्योगिक र व्यवसायिक संस्थाका प्रतिनिधिहरुले औद्योगिक क्षेत्रको स्थापना सञ्चालन र व्यवस्थापनमा आवश्यक जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 

प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रका लागि बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८, शुद्धोधन गाउँपालिकाको वडा नम्बर ३, सियारी गाउँपालिकाको वडा नं ७ र तिलोत्तमा नगरपालिकाको तिनाउ उकास क्षेत्रको ८ सय १३ बिघा जग्गाको नापजाँच र डिपीआर तयार पार्ने कार्य भईरहेको छ  ।

डिपीआर तयारीको क्रममा बुटवलको १७ नम्बर वडामा स्थानीयले अवरोध गरेपछि बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले स्थानीय सरोकारवाला सस्थाहरुसँग छलफल आयोजना गरेको हो ।