पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान लथालिङ्ग अवस्थामा

जुम्ला, २८ साउन । करिब चार वर्षअघि जुम्लामा स्थापना भएको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान आवश्यक दक्ष जनशक्ति र योजनाको अभावमा लथालिड.अवस्थामा पुुगेको छ । 

स्थापनाकालदेखि विषयगत क्षेत्रका वैज्ञानिकको अभाव र उद्देश्य अनुरुपका काम हुन नसकेको प्रतिष्ठानका निमित्त निर्देशक नेत्रहरि घिमिरेले जानकारी दिनुभयो । 

जुम्लामा स्थापना भएको प्रतिष्ठान मार्फत सरकारले नेपालका उच्च पर्वतीय क्षेत्रमा पर्ने जिल्लाहरूको पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको अनुसन्धान गर्ने लक्ष्य लिएको थियो ।

विसं २०६९ असोज १० गते तत्कालीन प्रधानमन्त्री तथा कृषि विकासमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको नेपाल कृषि अनुसन्धान परिषद्को ४४औँ बैठकले जुम्लाको गुठिचौरमा प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको थियो ।