पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चर्च ब्वाईज युनाईटेड पाथिभरा गोल्ड कपको फाईनलमा प्रवेश

ताप्लेजुङ, २८ साउन । चर्च ब्वाईज युनाईटेड, काठमाडौँ दोश्रो पाथिभरा गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गर्न सफल भएको छ । 

ताप्लेजुङ्गको फुङ्गलिङ्ग स्थित भानु माध्यमिक विद्यालयको मैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाईनलमा चर्च ब्वाईजले नव प्रयास युवा क्लब, ताप्लेजुङ्गलाई १÷० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हाम्रा ताप्लेजुङ्ग समाचारदाता माला पालुङ्गवाले जानकारी दिनुभयो ।

चर्च ब्वाईजका लागि एक मात्र निर्णायक गोल खेल शुरु भएको ९ औँ मिनेटमा राज पौडेलले गरेका थिए ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका चर्च ब्वाई युनाईटेडका वर्षा गुरुङ्गले ३ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा क्लबको सहभागिता रहेको  थियो ।

दोश्रो सेमिफाईनल खेल सगरमाथा युथ क्लव बिराटचोक मोरङ र सशस्त्र प्रहरी क्लबको ए पि एफ क्लब दमकबिच आईतबार हुनेछ ।

सोमबार सम्पन्न हुने प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्ने छन् ।