पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रेष्ठ र तण्डुकारले जिते जोडी ब्याड्मिन्टन प्रतियोगिताको उपाधि

काठमाडौं, २८ साउन । बिजेन्द्र लाल श्रेष्ठ र शुरज तण्डुकारको जोडीले कीर्तिपुरमा आयोजित पुरुष जोडी ब्याड्मिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा शनिबार सम्पन्न प्रतियोगितामा गणेश युवा क्लब कुपन्डोलका बिजेन्द्र र शुरजको जोडीले ठेचो ब्याड्मिन्टन क्लबका सुरेस बस्नेत र लव कार्कीको जोडीलाई १९–२१, २१–१२ र २१–१७ को सेटमा पराजित गरेको हाम्रा रेडियो नेपाल प्रतिनिधि बद्री तण्डुकारले जानकारी दिनुभयो ।

सेमिफाईनल पुगेका अन्य दुई जोडीलाई तेश्रो घोषित गरिएको थियो ।

कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजकका तर्पmबाट खेलेका नवीन महर्जन र श्याम महर्जनको जोडी तेश्रो भएको थियो ।

सेमिफाईनलमा पुग्ने मुनाल क्लबका दिवाकर पाण्डे र देवेन्द्र राणाको जोडी पनि तेश्रो भएको थियो ।

प्रथम भएको जोडीलाई १४ हजार, दोश्रो भएको जोडीलाई १२ हजार र तेश्रो भएको दुवै जोडीलाई समान ४ हजार प्रदान गरिएको थियो ।

प्रतियोगितामा खुला र विभिन्न क्लबका गरी जम्मा ५० जोडीको सहभागिता रहेको थियो ।

फाईनल खेलका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी र ब्याड्मिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले विजयी तथा सहभागीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।