पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनसरीमा बाढीले ७ को मृत्यु, सयौ घर डुवानमा परेपछि हजारौ बिस्थापीत

radionepal

इटहरी,साउन २८ गते । लगातारको वर्षासँगैको बाढीले सुनसरीमा ७ जनाले ज्यान गुमाएका छन् । स्थानीय टेङग्रा र बुढी खोलाको बाढीले बगाएर उनिहरुको ज्यान गएको हो । सुनसरी प्रहरीका अनुसरा इटहरी र तरहरामा गरी ७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ बालिका १ बालक र २ पुरुष सहित २ महिला रहेको प्रहरीले जनाएको छ । मृतकहरुमध्ये माला साह, सिठी साह, रुपेश राई, रुपसनी राई, इश्वर सुनुवारको मात्र पहिचान खुलेको सुनसरी प्रहरीले जनाएको छ । इश्वरको भने पानीमा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार थुपै्र मानिसहरु वेपत्ता भएको भनि खबर प्राप्त भएको छ । हराएकाहरुको खोजि तथा उद्धार कार्यमा नेपाली सेना,ससस्त्र र नेपाल प्रहरीगरी स्थानीय लागि परेकाछन् ।

अविरल वर्षा र खोलानामा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भई यातायात अवरुद्ध हुन पुगेको छ । लविपुर खण्डको ५० मिटरजति राजमार्ग बाढीको पानी बगाएको छ । नेपाली सेनाको इटहरी स्थित पूर्वि पृतना पूर्ण रुपमा डुबानमा परेको छ  इटहरी,झुम्का,दुहवी,इनरुवा लगायतका सुनसरीका मुख्य बजार तथा वस्तीहरु अधिकांश डुबानमा परेको छ । दुहवीको मलहटी र प्रासटोकीका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । इनरुवाको डुम्राहा, गणेशपुर ,भोक्राहा,नरसिंह लगायतका वस्ती डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ ।

सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीका अनुसार जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । जिल्लाको दक्षिणी भेग समेत पूर्ण रुपले डुबानमा परेको छ । सुनसरी र मरिया खोलामा पानी स्तर बढ्दै गएकाले गाउँवस्ती थप डुबानको चपेटमा परेका छन् ।लगातारको वर्षाका कारण सप्तकोशीमा समेत पानीको बहाव बढेको छ । कोशीमा २ लाख ८३ हजार ७ सय ५० क्युसेक प्रतिसेकेण्ड बहाव रहँदा ३५ वटा ढोका खोलिएका छन् ।