पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हेलम्बुमा हाइ अल्टिच्युड टेरेनिङ स्पोर्ट सेन्टर विकास गरिने

 

काठमाडौँ, २७ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी र नेपालका लागि जापानका राजदूत मासाही ओगावाबीच आज भएको भेटमा नेपाली खेल प्रशिक्षकलाई छोटो तथा लामो अवधिका खेल प्रशिक्षण उपलब्ध गराउने विषयमा छलफल भएको छ । 


मन्त्रालयमा आज भएको सो भेटमा युवा तथा खेल प्रतिनिधिमण्डलको आदानप्रदानका साथै खेल पूर्वाधारको विकासका लागि सिन्धुपाल्चोकको हेलम्बुलगायत स्थानमा हाइ अल्टिच्युड टे«निङ स्पोर्ट सेन्टरको विकास गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । 

मन्त्री केसीले युवा तथा खेलकुद क्षेत्रको विकासमा जापान सरकारको निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो भने राजदूत ओगावाले नेपालको युवा तथा खेलकुद क्षेत्र र भूकम्पले क्षति पु¥याएको दशरथ रंगशालालगायतको पूर्वाधारको पुनःनिर्माणको अवस्थाका बारेमा जिज्ञासा राखेको मन्त्रालयले जनाएको छ ।