पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिससमा एमाले निर्विरोध

 

(तम्घास) गुल्मी, २७ साउन । जिल्ला समन्वय समितिमा नेकपा(एमाले)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिसस निर्वाचनका लागि आज एमालेबाहेक कसैको पनि उम्मेदवारी परेन । जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले बताउनुभयो । 


जिससका सदस्यमा भने चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर विश्वकर्मा, हरिप्रसाद ज्ञवाली, रमादेवी पुन, गंगा पन्त र उजेली विकको मनोनयन दर्ता भएको छ । यही साउन ३१ गते निर्वाचन परिणाम घोषणा गरिने छ ।