पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली खेलाडी सम्मिलित टोली सिंगापुरमा पराजित

काठमाडौं, २७ साउन । सिंगापुरमा शुुक्रबार देखि सुरुभएको पाँचौ एसीसी टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्स पराजित भएको छ ।

वर्षाले प्रभावित खेलमा सिंघालेस स्पोर्टस् क्लबसँग डिलएल मेथडका आधारमा सिंगापुर इमर्जिङ स्टार्स १ सय ६६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

सिंगापुरको पदाङ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको सिंघालेसले १७ ओभरमा ४ विकेट गुमाउदै १ सय ९२ रन बनाएको थियो । 

१९३ रनको लक्ष्य पछ्याउने क्रममा ५.४ ओभरमा २ विकेट गुमाएको सिंगापुरले २६ रन बनाउदा बर्षा सुरु भएपछि खेलको नजिता डिएल मेथडका आधारमा लिइएको थियो । 

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन पारस र मेहबुब बुधबार त्यसतर्फ लागेका थिए । पारस र मेहबुब सम्मेलित सिंगापुर इमर्जिङले शनिबार समूह चरणको बाँकी दुई खेल खेल्ने आयोजकले जनाएको छ ।