पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भरतपुरमा मतगणना पुनःसञ्चालन गर्न माग

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले) ले चितवनको भरतपुर महानगरपालिकामा स्थगित मतगणना पुनः सञ्चालन गर्न माग गरेको छ ।  एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले गए राति विज्ञप्ति जारी गरी लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई स्विकार्न आग्रह गर्दै गणना नियमित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ । दलबीच विवाद भएपछि गए राति त्यहाँको मतगणना रोकिएको थियो । रासस