पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सर्वोच्च अदालतद्वारा मोबाइल एपको शुभारम्भ 

काठमाडौं, २६ साउन । न्याय सेवालाई छिटो छरितो बनाउने उद्देश्यले सर्वोच्च अदालतले मोबाईल एपको शुभारम्भ गरेको छ । 

मोबाईल एपको आज सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्दै प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले सूचना तथा जानकारी छिटो र सजिलो माध्यमबाट प्राप्त गर्न सेवाग्राही अदालत सबै लाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

मोबाइल एपको माध्यमबाट सेवाग्राहीले दैनिक तथा साप्ताहिक पेशी सूची पूरक पेशी सूची मुद्धाको विवरण मुद्धा दर्ता गर्ने निवेदनका ढाँचाहरु अदालतका वैतनिक वकिलहरुको विवरण लगायतका सेवाहरुको उपयोग गर्न सकिन्छ । 

उक्त एप एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट सुप्रीम कोर्ट अफ नेपाल सर्च गरेर डाउनलोड गर्न सकिने सर्वोच्च अदालतले जनाएको छ ।