पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिकोट जिल्ला समन्वय समितिमा माओवादी केन्द्रको प्यानल विजयी 

radionepal

रत्न कार्की  / संवाददाता रेडियो नेपाल
साउन २६, कालिकोट ।
        आज भएको कालिकोट जिल्ला समन्वय समितिको निर्वाचनको मत परिणाम अनुसार नेकपा माओबादी केन्द्रको पेनेल बिजयी भएको छ । ९ वटा स्थानियतह रहेको कालिकोटमा ११ माओबादी केन्द्रका र ६ एमालेका र १ कांग्रेसका तर्फबाट स्थानिय तहमा निर्वाचित जन प्रतिनिधिहरुले मतदान गरेका छन । आज भएको मतपरिणाम घोषणा अनुसार समन्वय समितिको सभापतिमा  माओबादी केन्द्रका  अनिपाल शाही बिजयी भएका छन । नरहरी नाथ गाउँपालिकाको  ६ साबिक  माल्कोट तिन निवासि शाही ११ मत ल्याएर बिजयी  भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाही सभापतिमा निर्वाचित भएका छन भने  उपसभापतिमा तिलागुफा नगरपालिका साबिक फोईमहादेब गाबिस निवासि दन्ता नेपाली बिजयी भएका छन । ७  सदस्य पनि माअ‍ोबादी केन्द्रकै बिजयी भएका छन । यो संगै अब माओबादी कालिकोटका संस्थापक नेता समेत रहेका अनिपाल शाही आगामी ५ वर्षका लागी कालिकोट जिल्ला समन्वय समितिको सभापति बनेका छन । बिजयी सदस्यहरुमा अनन्त बिश्वकर्मा  ( क. राजेश ) ऐना शाही, नेत्रराज शाही, अक्कल बहादुर मल्ल ,कमला जैसि र मान्का दमाई बिजयी भएका छन ।  मतपरिणम घोषणा पछि माओबादी केन्द्रका कार्याकर्ताले बिजयी जुलुस निकालेका छन । बिजयी जुलुस पछिको कार्यक्रममा बोल्दै माओबादी केन्द्रका  जिल्ला इन्चार्ज जिवन बुढाले यो जित माओबादी केन्द्रको नभएर कालिकोट बासि आम जनताको भएको बताउनु भयो ।  नव निर्वाचि समन्वय समितिका पदाधिकारीलाई बधाई दिदै इन्चार्ज बुढाले अब प्रदेश र संघको निर्वाचन पनि कालिकोटमा  जित्ने दाबि गर्नु भयो ।