पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तेस्रो उच्च शिक्षा मेला साउन २८ देखि

 

काठमाडौँ, २५ साउन । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित यही साउन २८ र २९ गते काठमाडौँमा ‘तेस्रो उच्च शिक्षा मेला’ हुने भएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी हुने आयोजक एजुकेशन डटकमका महाप्रबन्धक जीवन लामा गोलेले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

उहाँका अनुसार मेलामा अध्यापन गर्ने विषय, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका सेवा प्रदान गरिने छ । 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजले मेलामा सहभागिता जनाउने छन् । 

विशेष गरी बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सीसिएसआइटी, बिडेभ्सलगायत कोर्ष पढ्न चाहनेहरु मेलाबाट लाभान्वित हुने महाप्रबन्धक गोलेले जानकारी दिनुभयो । 

मेलामा विद्यार्थीलाई मात्र नभई अभिभावकलाई समेत परामर्श दिने व्यवस्था मिलाइएको बताइएको छ । मेलामा निःशुल्क प्रवेश दिने व्यवस्था छ ।