पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बौद्ध धर्मावलम्बीको मतया पर्व सम्पन्न

काठमाडौँ, २५ साउन । ललितपुरको  पाटनमा आज ‘मतया पर्व’ आज मनाइएको छ । 

प्रत्येक बर्ष गाईजात्राको भोलिपल्ट पर्ने सो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गर्ने गर्छन् ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने सो पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने गरिन्छ ।