पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गोलीकाण्डका शंकास्पद ७ जना पक्राउ

सुर्य प्रसाद अधिकारी

 चितवन, ६ जेठ । पश्चिम चितवनको शुक्रनगरमा शुक्रबार गोली हानी भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले संकास्पद ७ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख दिपक थापाका अनुसार उक्त घटनामा संकास्पद देखिएका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनीहरु मध्ये केही संलग्न रहेको देखिएको थापाले जानकारी दिनुभयो । भरतपुर महानगर वडा नम्बर २५ स्थित शुक्रनगरमा शुक्रबार राती एउटा घरका लुटपाट भएको थियो । सो क्रममा एकजनालाई कटुवा पेस्तोलको गोली समेत लागेको थियो । 

मध्यराती माक्स लगाएर आएका तीन जनाको समुहले भरतपुर महानगर वडानम्बर २५ स्थित एकान्तमा रहेको स्थानिय गंगाराम महत्तोको घरमा आक्रमण गरेको थियो । लुटेराहरुले रड र हम्मर बोकेर आएको देखेको परिवारको भनाई उद्यृत गर्दै प्रहरीले जनाएको छ । गोली लागेर घाईते हुनेमा स्थानिय २५ बर्षका गंगाराम महत्तो रहेका छन् । घाईतेहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य घाईते हुनेहरुमा गंगारामकी आमा साउनी महत्तो, बहिनी रामकुमारी महत्तो र श्रीमती कुन्ती महत्तो रहेका छन् । लुटेराहरु फरार रहेको र खोजी थारी भएको प्रहरीले जनाएको छ । लुटेराले घरमा रहेको सुनको औंठी, बाला, सिक्री, र केही पैसा लुटेर लगेका थिए ।