पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचन सम्पन्न हुनु राष्ट्रको जितः प्रधानमन्त्री

चितवन, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु राष्ट्रको जित भएको बताउनु भएको छ । 

चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको केन्द्रीय कार्यालयको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अहिले यो दल र उ दलले जितेको भन्दा पनि राष्ट्रको जित भएको र त्यसबाट आफूलाई गर्व महसुस भएको बताउनु भयो ।  

प्रधानमन्त्री प्रचण्डले दोश्रो चरणमा जेठ ३१ गते हुने निर्वाचन थप उत्साहपूर्ण र सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले दोश्रो चरणको निर्वाचन सफल पार्न आफूले मधेशकेन्द्रित सहितका दलहरुसंग नियमित रुपमा छलफल गरिरहेको र आज साँझ पनि छलफल गर्ने बताउनु भयो । 

प्रधानमन्त्री प्रचण्डले चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आफुले अध्ययन गरेको र गृह जिल्ला भएको  गरेको स्मरण गर्दै  त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयको भौतिक सम्पतिको विवाद आफूले टुंग्याएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा कृषि विकासमन्त्री गौरीशंकर चौधरीले चालु वर्षबाट प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना शुरु भएको र त्यसले कृषि क्षेत्रको समग्र विकासमा मद्धत पु¥याउने बताउनु भयो ।