पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोश्रो चरणको निर्वाचनमा स्वस्तिक छापमा रातो मसी प्रयोग हुने

काठमाडौं, ५ जेठ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङ्गको मसी प्रयोग गरी मत सङ्केत गर्ने व्यवस्था गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारहरूसँग कुरा गर्दै आयोगको आज बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा रातो रङ्गको मसी प्रयोग गरी स्वस्तिक छाप लगाउने निर्णय गरेको जानकारी दिनुभयो । 

पहिलो चरणको निर्वाचनमा निलो मसिबाट गरिएको मत संकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएपछि आयोगले रातो मसिको प्रयोग गर्ने निर्णय गरको हो । 

पहिलो चरणमा देखिएका कमी कम्जोरीलाई दोहरिन नदिन मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।