पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विराटनगरमा नमूना मतदानको आयोजना

विराटनगर, ५ जेठ । जेठ– ३१ गते हुन लागेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय निर्वाचन कार्यालयले आज विराटनगरमा नमुना मतदान कार्यक्रम गरेको छ ।

मतदाता शिक्षा कार्याक्रम अन्तर्गत मतदाताहरुलाई मतदान प्रयोग गर्ने विषयमा जानकारी गराउन नमुना मतदानको आयोजना गरिएको हो ।

पहिलो चरणमा भएको निर्वाचनमा धेरै मत बदर भएपछि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदातालाई मत हाल्ने प्रक्रियाका बारेमा जानकारी दिन  नमूना मतदानको आयोजना गरेको जनाएको छ । 

कार्यालयका कर्मचारीहरुले मतदातालाई मत हाल्ने प्रक्रिया, स्वस्तिक चिन्हको प्रयोग र मतपत्र मोडने विधिका वारेमा जानकारी गराएका थिए । 

नमुना मतदान कार्यक्रममा विराटनगरका मतदाताहरुको उत्साहजनक सहभागीता रहेको थियो ।