पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साँस्कृतिक उत्सव गाईजात्रा मनाइयो 

काठमाडौं, २४ साउन । राजधानीको परम्परागत साँस्कृतिक उत्सव गाईजात्रा आज मनाइएको छ । 

देशका विभिन्न शहरमा दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आआफ्ना इलाका परिक्रमा गराइने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्यदान गरिन्छ । 

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

राज प्रताप मल्लले पुत्रशोकले विव्हल आफ्नी रानीलाई दुनिँयाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको प्रचलन चलाएको इतिहासमा उल्लेख छ । 

भाद्र कृष्णाष्टमीसम्म मनाइने यस पर्वका क्रममा प्रहशन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’ का करुण रसका गीत पनि गाइन्छन् । 

जात्राको क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमुना तथा काठमाडौंको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।