पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सन् २०२२ को विश्वकपमा कतार एअरद्वारा प्रायोजन गर्ने

बहराइन, २५ वैशाख २०७४। सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप पूmटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ ।

आइतबार विश्व पूmटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का लागि प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेको घोषणा गरिएको छ ।

सन् २०१४ को विश्वकपमा दुवईस्थित इमिरेट्स विमान कम्पनीले प्रायोजन गरेको थियो । सन् २०१४ पछि फिफाद्वारा खेलाइने विश्वकप फुटबलको प्रयोजनाका लागि कसैले इच्छा व्यक्त गरेका थिएन ।

फिफाले हालै आफ्नो खर्च विवरण सार्वजनिक गर्दै सन् २०१६ मा ३६ करोड ९० लाख अमेरिकी उत्तर घाटा वेहोरेका जनाएको थियो ।

पछिल्लो समय फिफामा मौलाएको भ्रष्टाचार प्रकरणका कारण फिफालाई आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्ने संस्थाको खडेरी देखिएको थियो ।