पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बजेटको तयारी अन्तिम चरणमाः अर्थसचिव

काठमाडौं, ५ जेठ । अर्थ सचिब डा.शान्तराज सुवेदीले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमाको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

शुक्रबार रेडियो नेपालसँग कुरा गर्दै अर्थ सचिब डा.सुवेदीले हालसम्मको अवस्थामा आगामी वजेट विगतका कार्यक्रमहरुलाई निरन्तरता दिइने किसिमले ल्याउने गरी तयारी भईरहेको बताउनुभयो ।

अर्थ सचिव डा.सुवेदीले मुलुक संघीयताको अभ्यासमा गइसकेकाले आगामी वर्ष स्रोत साधनको अत्यधिक माग हुने भएकाले त्यस अनुरुपको तयारीका साथ सरकार अगाडी बढिरहेको जानकारी दिनुभयो ।