पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

पोखरा, ५ जेठ । कास्कीको अन्नपूर्ण गाउंपालिका–४ भदौरेमा आज अपराह्न भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

खोलाबाट ढुङ्गा लिएर आउँंदै गर्दा ग १ त ३६२३ नंको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सोही ठाउँका रामसिंह नेपाली र अजय गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।