पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तिब्बती शरणार्थीको सङ्घर्ष समेटिएको ‘अप्ठ्यारो बाटो’ विमोचन

काठमाडौँ, ५ जेठ । तिब्बती शरणार्थीको सङ्घर्षलाई समेटेर तयार पारिएको ‘अप्ठ्यारो बाटो’ कृति आज सार्वजनिक गरिएको छ । 

पत्रकारद्वय मोहन मैनाली र विप्लव प्रतीकले संयुक्त रुपमा लोकार्पण गर्नुभएको सो कृति साङ्ग्रिला प्रकाशनले प्रकाशन गरेको हो । 

पत्रकार श्रीभक्त खनालद्वारा लिखित उक्त कृतिमा तिब्बती शरणार्थीले जन्मस्थान छोडेपछि भोग्नुपरेका पीडालाई उजागर गरिएको छ ।