पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिकोटमा डोजर दुर्घटना दुघटना ,दुईको मृत्यु एक ग‌‍म्भिर घाईते

radionepal


रत्न कार्की / संवाददाता रेडियो नेपाल
साउन २२ गते-   कालिकोट
     कालिकोट जिल्ला को  मान्म खाडाचक्र नगरको वार्ड नं  ४  स्थित साबिक दाहाँ गाबिसको  बिहानी खोलामा  मा डिभिजन कार्यालय जुम्लाको ( वानटेष्ट ) डोजर दुर्घटना हुदा  चालक सहीत दुई जनाको मृत्यु भएको छ ।  कालिकोट सदरमुकाम देखि जुम्ला तर्फ वर्षात सडकमा खसकेो पहीरो हटाउदै गईरहेको  डोजर दुर्घटना हुदा  खाडाचक्र नगरपालिका ६ का वर्ष ६० का  बिष्णु बहादुर शाही  र सुर्खेत भेरिगंगा नगरपालिका छिन्चु निवासि वर्ष ३० का तुलराज धौलाकोटिको मृत्यु भएको  छ । त्यस्तै डोजरमै रहेका डिभिजन सडक कार्यालय जूम्लाका सुपरभाईजर छत्र बहादुर बंम घाईते हुनु भएको छ ।  घाईते बंमको  जिल्ला अस्पतालमा उपचार सम्भवनभएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत  नेपालगंन्ज  रेफर गरिएको छ । डोजर सडक भन्दा २५ मिटर तल होल्सामा खसेको थियो । दिउसो तिन बजेतिर सडकमा रहेको पहीरो हटाउने क्रममा डोजर सडक भन्दा तल खसेको थियो । तत्कालन  प्रमुख जिल्ला अधिकारी गिरधारी सेबधि र उर्जा मन्त्रि महेन्द्र शाहीको पहलमा हेलिकप्टर मार्फत उनको उद्धार गरीएको हो ।