पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतीय वातावरण मन्त्रीको मृत्यु

radionepal

नयाँ दिल्ली, ५ जेठ २०७४। भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उहाँको निधन भएको हो । 

आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो । 

उपचारको क्रममा एम्समा नै उहाँको निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

दवेआवद्ध रहेका भारतीय जनता पार्टीले उहाँको निधनको पुष्टि गर्दै विस्तृत विज्ञप्ति प्रकाशित गरेको छ । उहाँको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुर्खजीले गहिरो दुख व्यक्त गर्नु भएको छ । 

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहकर्मीको आकस्मिक निधनबाट आफू स्तब्ध भएको बताउनुभएको छ 

दवेको निधन आफ्नु निजी नोक्सानसमेत भएको मोदीले बताउनुभएको छ । ‘अनिल माधव दवेजीलाई आमनागरिक समर्पित कार्यकर्ताको रुपमा भविष्यमा सम्झना गरिने छ ।’ 

मोदीले बाताउनु भएको छ । दवेका अन्य सहकर्मीले पनि उहाँको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । 

अविवाहित दवे सन् २००९ मा राज्यसभाका सदस्य रहेको र गत वर्षबाट वातावरण, वन र जलवायु परिवर्तन विभागको कार्यभार सम्हाल्दै आउनु भएको थियो ।