पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विस्फोटनमा परी छ जनाको मृत्यु

radionepal

कोलम्बिया, ५ जेठ २०७४ । कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । 

राज्यद्वारा सञ्चालित पानी जहाज बनाउने कारखानामा रहेको एउटा ट्याङ्कर विस्फोटन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

सो घटनामा परी मृत्यु भएका मध्ये ३ जनाको घटनास्थल मै मृत्यु भएको थियो भने, अरु ३ जनाको अस्पतालमा मृत्यु भएको हो । 

घाइतेमध्ये अधिकांशको शरीर जलेको छ । उनीहरु सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।