पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

योगबाट समाज रुपान्तरणमा योगदान

काठमाडौँ, ४ जेठ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीको सम्मानमा पतञ्जली योग पीठ नेपालले आज यहाँ स्वागत समारोह आयोजना गरेको छ ।  समारोहलाई सम्बोधन गर्दै सिँचाइमन्त्री दीपक गिरीले पीठको सबै धर्मलाई समान रुपले लिएर योगका माध्यमद्वारा व्यक्तिलाई स्वस्थ्य तुल्याउने कामले सामाजिक सद्भाव कायम गरी समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । नेपालका लागि भारतीय राजदूत पुरीले योग र अध्यात्मले सकारात्मक परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालको स्वास्थ्य क्षेत्रको विकास र आर्थिक समृद्धिको सपनालाई पूरा गर्न पीठबाट ठूलो योदान भइरहेको बताउनुभयो । पीठका नेपाल अध्यक्ष शालिकराम सिंहले भाषा, संस्कृति र रहनसहनले मात्र नभई इतिहासदेखि नै दुई देशबीच मित्रवत् सम्बन्ध रही आएको बताउनुभयो । समारोहमा भूकम्पमा परी बाबुआमा गुमाएका बालबालिकाले योगासन प्रस्तुत गरेका थिए । नेपालमा पीठका ४० हजारभन्दा बढी योग शिक्षक रहेको जनाइएको छ । रासस