पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हालसम्म ३,२८५ प्रतिनिधि निर्वाचित भएको आयोगद्वारा जानकारी

काठमाडौँ, ४ जेठ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म ३,२८५  प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४ स्थानीय तहको मतगणना समाप्त भई ती जनप्रतिनिध निर्वाचित भएका हुन् । 

प्राप्त पछिल्लो विवरणअनुसार नगरप्रमुख/अध्यक्षमा ९४, उपप्रमुख/उपाध्यक्ष ९४, वडाध्यक्ष ७७८, वडा सदस्य एक हजार १८२, महिला सदस्य ५९५ र दलित सदस्य ५४२ निर्वाचित भइसकेको आयोगले जनाएको छ ।