पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाटेबाघका कारण सामुदायिक वन प्रवेशमा निषेध

 

कञ्चनपुर, १८ साउन । दुर्लभ पाटेबाघ देखा परेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण सामुदायिक वन प्रवेशमा निषेध गरिएको छ । सामुदायिक वन क्षेत्रमा एक सातादेखि निरन्तर पाटेबाघ देखा पर्न थालेपछि उपभोक्तालाई वन छिर्न निषेध गरिएको हो । 

“वन छिर्ने र पाटेबाघको सुरक्षाका लागि सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई खबरदारी गरेका छौँं” सामुदायिक वनका उपाध्यक्ष राजेन्द्रबहादुर ऐरले भन्नुभयो । वन संरक्षणमा जोड दिएपछि जंगली जनावर बदेँल, बाँदर, चित्तललगायतको संख्या वृद्धिसँगै दुई दशकपछि वयस्क पाटेबाघ समेत देखा परेको उहाँले जानकारी दिनुभयो । 

सामुदायिक वनमा प्रशस्त अहारा भएकाले पाटेबाघ देखा परेको सामुदायिक वनका अध्यक्ष करन सिंह ऐरले बताउनुभयो । पाटेबाघ शुक्लाफाँटा राष्ट्रि«य निकुञ्जबाट सामुदायिक वन क्षेत्रमा आएको हुनसक्ने बताइएको छ । ३२८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन जिल्लामै संरक्षणका हिसाबले उत्कृष्ट मानिन्छ छ । विसं.२०५४ मा स्थापना भएको सामुदायिक वनमा सातसय बढी उपभोक्ता आश्रित छन् ।