पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सार्वजनिक प्रसारण सेवा गठन गर्ने सम्बन्धी छलफल

रेडियो नेपाल
काठमाडौँ, ६ श्रावण । 

सञ्चार नीति कार्यन्वयन समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा आज बसेको बैठकमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गर्ने प्रक्रिया अगाडी बढाउने विषयमा छलफल भयो  । 
सुुचना तथा सञ्चार मन्त्रालयमा बसेको बैठकमा अध्यक्ष दाहालले सार्वजनिक सञ्चार माध्यमलाई नेपाली माटो सुहाँउदोँ सार्वजनिक संस्थाको रुपमा विकास गर्न आवश्यक गृहकार्य अगाडी बढाउन आग्रह गर्नुुभयो । 
उहाँले सार्वजनिक प्रसारण सम्बन्धी मन्त्रालयमा प्राप्त विगतका प्रतिवेदन र राय सुुझावका अधारमा सार्वजनिक प्रसारण सेवा गठन गर्ने सम्बन्धी विद्येयक संसदमा पेश गर्ने गरी तयारी गर्ने बताउँनुुभयो । 
सूूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारणको क्षमता र गुणस्तर बृद्धिका लागि र सार्वजनिक प्रसारण सेवा गठनको लागि मन्त्रालयले आफ्नो गृहकार्य अन्तिम चरणमा पुुर्याएको बताउनुुभयो । 
रेडियो नेपालको कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुुँचलाई देशको सम्पूूर्ण भूू–भागमा पुर्याउन र जनचाहना अनुसारको कार्यक्रम प्रसारण गर्न सार्वजनिक सञ्चार सेवाले महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसलाई कार्यान्वयन तहमा पुर्याउन रेडियो नेपालले आवश्यक सम्पूर्ण सहयोग पुर्याउने बताउँनुुभयो ।