पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालीकोटमा प्रहरीको गोली लागि उम्मेद्धावारकै मत्यु, मतपेटिका लुटिए

रत्न कार्की
कालिकोट १ जेठ । मतपेटिका जोगाउन प्रहरीले चलाएको गोली लागेर घाईते भएका एक स्थानियको मृत्यु भएको छ । अज्ञात समुहले प्रहरी र निर्वाचन अधिकृतको टोलिमाथि ढुंगा मुढा प्रहार गरेपछि जवाफी कार्बाहीमा प्रहरीले गोली चलाएको थियो । 
गोली लागेर घाईते भएका नरहरीनाथ गाउँपालिकाको वार्ड नं ६का राप्रपा वार्ड अध्यक्षका उम्मेदार समेत रहनुभएका ४५ बर्षिय धनरुप बटालाको गएराति २ बजे मृत्यु भएको हो ।   कम्मरमा गोली लागि गंम्भिर घाईते हुनुभएका उहाँको आज बिहान हेलिकप्टर मार्फत उपचारका लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो  । प्रहरीले चलाएको गोलि लागेर सोही वार्डका स्थानिय बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका  कार्यकर्ता ब्यासि बिक पनि घाईते भएका छन । गोलि लागेर  स्थानिय दान बहादुर बटाला,कल बटाला समेत समान्य  घाईते भएका छन । प्रहरीले मतपेटिका जोगाउन गरेको जवाफी कार्वाहीका क्रममा  घाईते भएका कार्यकार्तको उपचारमा छिटो तत्परता नदेखाएका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले न्याय पाउनु पर्ने माग गरेका छन  । स्थानिय तह निर्वाचनको मत पेटिका लुटिएका छन ।कालिकोट जिल्लाको  नरहरी नाथ गाउँ पालिकाको  वार्ड नं ६ मा रहेको सेरापाटामतदान केन्द्रमा मतदान सकिए लगतै आइतबार अपरान्ह ५बजे नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मत पेटिका लुटेर जलाई दिएका छन ।