पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कहाँ कति मत खस्यो ?

radionepal

पहिलो चरणको स्थानीय तहको निर्वाचन अर्न्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ ।मतदानको निर्वाचन आयोगमा प्राप्त भएको प्ररम्भिक विवरण अनुसार हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ । त्यस्तै, भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।