पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१८७ जनाको नाम दर्ता

 

बनेपा, २ साउन । काभ्रेपलाञ्चोकमा आइतबार १८७ जनाले तस्बिरसहितको मतदाता नामावलीमा आआफ्नो नाम दर्ता गरेका छन् । 

निर्वाचन आयोगले नाम छुटेकाहरुको तस्बिरसहितको मतदाता नामावली सङ्कलनका लागि १५ दिनको समय दिएपछि जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा नाम दर्ता गर्नेको चहलपहल बढेको छ । “विदेश गएर नाम छुटेकाहरु पनि आएका छन् तर समग्रमा सबै नाम छुटेका नाम दर्ता गराउन आएका छन्”, निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले भन्नुभयो । 

सोह्र वर्ष उमेर पुगेका सबै नागरिकले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाए पनि मतदान गर्न भने १८ वर्ष उमेरको हुनुपर्ने कानुनी प्रावधान छ । यसअघि जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता थिए ।