पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुप्रमा पुरस्कार कवि पोख्रेललाई 

radionepal

साउन २, बेलायत । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) यू केद्वारा कवि दुर्गाप्रसाद पोख्रेल अनेसास सुप्रमा पुरस्कार  २०१७ द्वारा पुरस्कृत हुने भएका छन् । बेलायतमै बसेर कविता साधना गर्ने "अक्षरका पाइलाहरू " कविता सङ्ग्रह उत्कृष्ट ठहरिएको हुँदा सो पुरस्कार प्रदान गरिने लागिएको हो । संस्कृत वाङ्मयका पनि ज्ञाता   पोख्रेलको  यस अघि अमृतका थोपा नामक कृति पनि प्रकाशित भईसकेको थियो ।  बेलायती नेपाली डायस्पोराका आदिकविर् इश्वर मानन्धरले सन् २०१२ मा उहाँको बुवा स्व. सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारलाई कवि मानन्धरको निधन पछि उहाँकी धर्मपत्नी जानकी मानन्धर तथा परिवारबाट निरन्तरता दिईएको छ । हरेक बर्षबेलायतमा रहेर साहित्य सृजना गरिएका कृतिहरू मध्ये यौटा उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी स्थापित उक्त अनेसास-सुप्रमा पुरस्कार यस अघि २०१४ मा कवि मुकेश र्राईलाई , २०१५ मा कवि केदार सुनुवार सङ्केतलाई र गत साल कथाकार कृष्ण बजगाईलाई प्रदान गरिएको थियो ।