पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरानबजार जोखिममा

मलेखु (धादिङ), २ साउन । धादिङबेँसीमा रहेको सिरानबजार पहिराको जोखिममा परेपछि बजारबासी त्रसित भएका छन् । 

आइतबार राति परेको अविरल वर्षाले सिरानबजार र धादिङबेंसी जोड्ने बडेरीचौतारो क्षेत्रमा सडक भासिएको छ । सिरानबजारको सो क्षेत्रमा सडक भासिएको तथा एकाटीछेउमा पहिरो लड्नाले सवारी आवागमनमा बाधा पुगेको दुग्ध सञ्चालक रामप्रसाद रिजालले बताउनुभयो । 

सडक चिराचिरा परी धाँजा फाटेको र त्यहीँबाट वर्षात्को पानी पसेर सडक भासिँदै गएका कारण मुख्य बजार क्षेत्रका १० भन्दा बढी घर जोखिममा परेका छन् । सो पहिराका कारण केही घरका भित्रसमेत चिरिएको स्थानीयवासीले जनाएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि सदरमुकाम क्षेत्रमा खानेपानीसमेत बन्द भएको छ ।