पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुक्त कमैया व्यवस्थापनका लागि सरकारले सहयोग गर्छः प्रधानमन्त्री

काठमाडौं, २ श्रावण । प्रधानमन्त्री शेर बहादुर देउबाले व्यवस्थापन हुन बाँकी रहेका मुुक्त कमैया परिवारलाई व्यवस्थापन गर्न सरकारले सहयोग गर्ने बताउनुुभएको छ ।

नेपाल टेलिभिजनले निर्माण गरेको ‘हामी थारु’ नामक वृतचित्रको आज नेपाल टेलिभिजनमा सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले कमैया मुुक्तिको घोषणा भइसकेकोले अब त्यससम्बन्धी विषय समस्याको रुपमा रहिरहन नहुुने बताउनुुभयो ।

प्रधानमन्त्री देउवाले संविधानले समावेशितालाई अंगीकार गरेकाले अब सबै जातजाति, भाषाभाषीको संस्कृतिको जगेर्ना हुँदै जाने उल्लेख गर्नुुभयो ।

कार्यक्रममा सांसद डिल्ली चौधरी, थारु संस्कृतिविद् अशोक थारु, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोबिन्द रोका, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोबिन्द धिताल लगायतका वक्ताले कमैया मुुक्तीसँगै थारु जातिको अधिकार स्थापित हुँदै गएको धारणा राख्नुुभयो ।

२०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो ।