पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पद तथा गोपनीयताको शपथ

 

काठमाडौँ, २ साउन । समाभुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका नवनिर्वाचित सभापति जुठबहादुर खड्गी (जेबी टुहुरे)लाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । 

सो समितिका सभापति प्रभु शाह वर्तमान मन्त्रिपरिषद्मा सामेल भएपछि उक्त पद रिक्त भएको थियो । 

व्यवस्थापिका–संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको उक्त शपथ कार्यक्रममा प्रमुख राजनीतिक दलका सचेतक तथा सांसदहरु उपस्थित हुनुहुन्थ्यो । 

वामपन्थी आन्दोलनमा खासगरी सांस्कृतिक (गीत–संगीत) क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका टुहुरे नेकपा माओवादीबाट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा चयन हुनुभएको थियो । 

उहाँ यसअघि सोही समिति सदस्य हुनुहुन्थ्यो । २००१ साल कात्तिक १५ गते सुनसरीको धरानमा जन्मनुभएका टुहुरेले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका अधिकांश आन्दोलनमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएको छ । 

उहाँले आजै पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहणपछि रासससँग कुराकानी गर्दै उहाँले समितिको सभापतिका रुपमा सबैको राय सुझावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम क्षेत्रको सुधारका लागि आफूले प्रयत्न गर्ने बताउनुभयो । 

उहाँले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु नठगिउन् र नेपाली श्रमिकले श्रमको उचित सम्मान पाउन् भन्ने पक्षमा समितिले काम गर्नेछ भन्नुभयो ।