पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इटहरीमा नेकपा एमालेद्धारा घोषणापत्र सार्वजनिक


इटहरी । इटहरीमा नेकपा एमालेले आफ्नो  घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचनका लागि दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा चुनावी गतिविधी भइरहेका बेला आफ्न एजेण्डा तथा योजना सहित एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।एमाले नगर समितिले इटहरीमा एक कार्यक्रमका विच सार्वजनिक गरेको आफ्नो घोषणपत्रमा विकास र समृद्धिका योजनालाई बढी प्राथमिकतामा राखेको छ । 

पाँच वर्ष्भित्र समुन्नत र समृद्ध नगर निर्माण गरी १० वर्ष्भित्रमा महानगरपालिका र २५ वर्षमा आधुनिक मेघा शहर निर्माण गर्ने लक्ष्य लिएको छ । त्यस्तै इटहरीलाई प्रदेश नम्बर १ को केन्द्र बनाउनका लागि पहल गर्ने, अत्याधुनिक सभाहल निर्माण गर्ने, सबै वडाका कच्चि सडकहरुलाई पाँच वर्ष्भित्र कालोपत्रे गर्ने, लगायतका एजेण्डाहरुलाई आफ्नो घोषणा पत्रको प्रमुख प्राथामिकतामा राखेको छ ।एमालेले घोषणपत्रमा रोजगारी, शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, उद्योग, सञ्चार, कृषि लगायतका क्षेत्रमा तिब्र विकासका योजनाहरु समटेको छ ।

त्यसै गरी उपमहानगरपालिकाको कार्यालयमा दिइने सबै प्रकारका निवेदनहरु अनलाइनबाट भर्न मिल्ने व्यवस्था गर्ने, नगरमा एक घरेलु औद्योगिक ग्रामको निर्माण गर्ने कुरालाइ पनि विशेष जोड दिइएको छ ।त्यसै गरी इटहरी चौक आसपासका चार स्थानमा आकाशे पुल निर्माणगर्ने, कला संस्कृतिको जगेर्ना गर्नका लागि नगरमा एक ललितकला विद्यालय र महाविद्यालयको स्थापना गर्ने विषय पनि घोषणा पत्रमा जारी गरिएको छ ।तत्कालै आवश्यक स्थानमा फ्रि वाइफाइ जोन निर्माण गर्ने, कृषिलाई व्यवसायमूखी बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका विविध क्षेत्रमा विकास निर्माणका कार्यलाई घोषणापत्रमा समेटेको छ ।