पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मतदान सकिनासाथ आजै मतगणना शुरू हुने ।

radionepal

आज भइरहेको स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण तवरले मतदाताहरूले मत खसाली रहेको समाचर प्राप्त भएको छ । पहिलो चरण अन्तर्गत देशका ३४ जिल्लामा मतदाताहरुको उत्साजनक सहभागिता देखिएको छ ।  निर्वाचन आयोगले मतदान सकिना साथ मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने जनाएको छ । आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुने निर्देशनमा जनाईएको छ । निर्वाचनको  सम्वन्धी सम्पूर्ण गतिविधि रेडियो नेपालले विहानदेखि नै निरन्त प्रत्यक्ष्य प्रसारण गरिरहेको छ ।