पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खुला मादल प्रतियोगिता साउन १२मा

 

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । 

स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार सहित ट्रफी, पदक र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्याल्मोले बताउनुभयो । 

प्रतियोगितामा विधागत उत्कृष्ट मौलिकता, सिर्जनात्मक र लोपोन्मुख पौराणिकतालाई जनही रु पाँच हजारबाट समेत पुरस्कृत गरिने छ ।