पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइयो 

काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

विक्रम सम्वत् १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ । 

आदिकवि भानुभक्तले संस्कृत भाषामा रचित आध्यात्म रामायणका आधारमा सरल, सरस तथा सुबोध नेपाली भाषामा रामायणको रचना गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर सगम्र नेपाललाई भाषिक रुपमा एकीकृत गर्न आद्धितीय भूमिका निर्वाह गर्नुभएको थियो । 

आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताले नेपाली साहित्यलाई समृद्ध बनाउन ठुलो योगदान दिएको छ । 

नेपाल बाहिर दार्जिलिङ, सिक्किम, आसामका साथै अन्य देशहरुमा पनि भानुजयन्ती मनाइएको छ ।