पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली टोली यु. ए. ई. प्रस्थान

२३ वर्ष मुनि उमेर समूहको ए एफ सी छनोट चरणका खेलहरु खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार संयुक्त अरब ईमिरेट्स् यु. ए. ई. प्रस्थान गरेको छ ।

एशियन फुटबल कन्फेडरेशन ए एफ सी छनोटमा नेपाल समूह समूह डी मा रहेको छ । समूह डी मा नेपाल सहित आयोजक यु. ए. ई., ताजिकिस्तान र लेबनान रहेका छन् ।

नेपालको पहिलो तथा समूह डी को उद्घाटन खेल आयोजक संयुक्त अरब ईमिरेट्स् यु. ए. ई. सँग यही असार ३१ गते हुनेछ ।

नेपालको दोश्रो खेल उज्वेकिस्तानसँग आउँदो साउन २ गते हुनेछ भने तेश्रो खेल लेबनानसँग साउन ४ गते हुनेछ ।

ए एफ सी छनोटको तयारी स्वरुप नेपालले यही असार २८ गते ए एफ सी छनोटको समूह ई मा रहेको बंगलादेशसँग एउटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

बंगलादेश संगको खेलमा नेपालका २३ वर्ष मुनि उमेर समूहका कप्तान विमल घर्ती मगरले खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।