पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एक सय १५ वर्षीया लामिछानेबाट मतदान

radionepal

नुवाकोट, ककनी गाउँपालिका–८ की ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नु भएको छ । 
उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिनुभयो । विसं १९५९/२/१० मा जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताउनु भयो । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गर्नुभयो । यसैगरी पोखरा लेखनाथ महानगरपालिका- २६ मा १०३ वर्षीया अनुरुपा बन्जराले मतदान गर्नुभएको छ ।उहाँले भवानी कालिका माविको ‘क’.मतदान केन्दबाट पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको थियो । त्यस्तै कास्की, मादी गाउँपालिका–४ माजडिहीका १०२ वर्षीय वामदेव सापकोटाले ध्रुव माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गर्नुभयो । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो । यसैगरी लमजुङमा ९३ वर्षीया गुरुङद्वारा मतदान त्यसैगरी लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गर्नुभएको छ । दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।