पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साउदी अरब ११ जना विदेशी कामदारको मृत्यु

साउदी अरब, २९ असार २०७४। साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार ११ विदेशी कामदारको मृत्यु भएको छ । 

झ्याल नभएको घर भएकाले उनीको निसास्सिर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

अग्नी नियन्त्रकहरूले भनेका छन्, “बाहिरबाट हावा आवतजावत गर्नेगरी ‘भेन्टीलेटर’ नभएको पुरानो घरमा आगलागी भएकाले एघारको मृत्यु हुनुका साथै अरू ६ जना घाइते भएका छन् ।” 

घटनामा परी मृत्यु हुनेमा भारत र बङ्गलादेशका नागरिक रहेको नाजरान प्रदेशका नागरिक सुरक्षा अधिकारीले जानकारी दिए । 

सन् २०१५ मा सार्वजनिक गरिएको पछिल्लो आधिकारीक तथ्याङ्कअनुसार साउदी अरबमा ९० लाख विदेशी कामदारले काम गर्दछन् । तीमध्ये अधिकांश दक्षिण एसियाका रहेका छन् । 

विदेशी कामदारहरूले आफ्नो रोजगारदाताको अनुमति विना देश छोड्न नपाउने व्यवस्था साउदी अरबमा रहेको छ ।